कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग सर्वोच्चद्वारा खारेज
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना (कोभिड -१९) को परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सरकारले सर्वोच्चमा पेस गरेको निवेदन खारेज भएको छ।
कोभिड -१९ को परीक्षण र उपचारमा सरकारले शुल्क लिन थालेपछि सर्वोच्चले नि :शुल्क गराउन आदेश दिएको थियो।
सर्वोच्चको यो आदेशपछि सरकारले उक्त आदेशको पुनरावलोकन गरिपाउँ भन्दै निवेदन दर्ता गराएको थियो। सो निवेदनमाथि सुनुवाई गर्दै बिहिबार शुल्क लिन नपाउने फैसला गरिएको हो। न्यायधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको निवेदन खारेज गरेको हो।
यो निवेदन खारेज भएसँगै कोभिड -१९ को परीक्षण र उपचार अबदेखि सरकारले निःशुल्क गर्नुपर्ने भएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा