काठमाडौं उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १३९८ संक्रमित थपिएका हुन्।
आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १ हजार ९१ जना, भक्तपुरका १४७ जना र ललितपुरका १६० जना रहेका छन्।
यसैगरी हाल काठमाडौंमा १६ हजार ३३१ जना सक्रिय संक्रमितको होम र संस्थागत आइसोलेसनमा उपचार भइहरेको छ । उता भक्तपुरमा १२ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २२ सय ७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा २५९, भक्तपुरमा ६९ र ललितपुरमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज देशभर ३ हजार ५१ जना कोराना संक्रमित थपिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा