भरतपुर अस्पतालमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनस्थित भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला हेटौंडा ६ का ८२ वर्षीय संक्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कार्तिक १५ गते कोरोना संक्रमण भएको जनाइएको छ । संक्रमण भएको तीन दिनपछि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी भरतपुर अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिरहेको भए पनि उनको आज उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी दीर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा