गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै ५ जिल्लामा गरी थप ५७ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ३२९ पुगेको छ । निर्देशनालयका अनुसार पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसरी संक्रमित हुनेहरुमा कास्कीका ६ जना, नवलपरासी पूर्वका ४७ जना, पर्वतका २ जना र स्याङ्जा र बाग्लुङका १ १ जना रहेका छन्।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्। आज पुष्टि भएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा