कोरोनाको केस अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङका लागि १९१ जना स्वास्थ्यकर्मीको माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना महामारी व्यवस्थापनका लागि भन्दै विभिन्न तहका १९१ जना प्राविधिक स्वास्थ्यकर्मीको माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै प्राविधिक स्वास्थ्यकर्मीको दरखास्त आव्हान गरेको हो । आज जारी गरिएको सार्वजनिक सूचनामा कोरोना महामारी व्यवस्थापनमा टेवा पुराउने उद्धेस्यले केस अनुसन्धान तथा कोभिड १९ का बिरामीको पेसेन्ट प्रोफाइल तथा प्रयोगशाला सम्बन्धी तथ्यांक संकलनलाई व्यवस्थित गर्न जनशक्ति ३ महिना करारका लागि माग गर्दै यो सूचना जारी गरिएको उल्लेख छ । यसरी माग गरिएका प्राविधिक स्वास्थ्यकर्मीमा वीपीएच, एच ए र स्टाफ नर्स रहेका छन्।
मन्त्रालयका अनुसार छनौट हुने स्वास्थ्यकर्मीले स्वास्थ्य विभाग अन्तर्गतको विभिन्न महाशाखाहरु, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्लाका स्वास्थ्य कार्यालय तथा कोभिड अस्पतालमा गएर काम गर्नुपर्नेछ । मन्त्रालयले यसभन्दा अघि भदौ ३ गते अनलाइन माध्यमबाट आव्हान गरेको सूचना अनुसार दरखास्त दिएका र सूचीमा परेकाहरुलाई प्राथमिकतामा राखिने जनाएको छ ।
काम गर्न चाहने स्वास्थ्यकर्मीले यसै सूचनामा दिइएको इमेल ठेगानामा एक साता भित्र दरखास्त दिन सक्नेछन्। यो सूचना आजको गोरखापत्रमा प्रकाशित गरिएको छ । दरखास्त फाराम मन्त्रालयको वेभसाइटमा उलपब्ध रहेको पनि जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा