काठमाडौं उपत्यकामा थपिए १८७८ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८७८ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १ हजार ५७०, भक्तपुरका ११९ र ललितपुरका १८९ जना रहेका छन्।
देशभर आज ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ३ हजार ८४४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९११ पुगेको छ ।
कोरोना भाइरसको संत्रमणबाट आज देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासँगै नेपालमा आजसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा