एकैदिन ३० जना कोरोना संक्रमितको मृत्यु, थप ३३०९ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा गत २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
एकैदिन मृत्यु भएको यो अहिले सम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । उता कोरोना संक्रमणबाट आज ३ हजार ८४४ जना मुक्त भएका छन्।
योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी १३ सय ५ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा