काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर थपिएका ३ हजार १ सय १४ मध्ये काठमाडौं उपत्यकामा मात्र १४ सय ६८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १२ सय ४२ जना, ललितपुरमा १६३ जना र भक्तपुरका ६३ जना रहेका हुन्।
योसँगै काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना संक्रमित पुगेको छ।
काठमाडौंमा हालसम्म २ सय ४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा