नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
२४ घण्टामा ३११४ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएसँगै संक्रमितको संख्या १ हजार ४ पुगेको हो । पछिल्लो २४ घण्टामा देशभर ३१ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।आज ३१ सय ४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। उता देशभर हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ । यसैगरी ३० हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन्।
सिकिस्त भएर आइसीयूमा ३७२ जना संक्रमितको उपचार भइरहेको छ भने ६८ जना भेन्टिलेटरमा उपचाररत छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा