देशभर रहेका ३७ हजार ५२४ सक्रिय संक्रमितमध्ये ८२ प्रतिशत भन्दा बढी होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सोमबार साँझसम्म देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती मध्ये ३० हजार ९२४ जना होम आइसोलेसनमा रहेका छन्। यसको मतलब देशभर रहेका संक्रमितमध्ये ८२ प्रतिशत भन्दा बढी होम आइसोलेसनमा बसेको पाइएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५हजार ८९७ जना होम आइसोलेसनमा रहेका छन्। यसैगरी प्रदेश नं २ मा १ हजार ४६ जना रहेका छन्। उता सबैभन्दा धेरै संक्रमित होम आइसोलेसनमा रहेको बाग्मती प्रदेश हो । बाग्मतीमा मात्रै १८ हजार २३३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार गण्डकीमा १३ सय ५९ र लुम्बिनी प्रदेशमा ३ हजार ८६ जना घरमै आइसोलेसनमा रहेका छन्। उता कर्णालीमा ४४९ र सुदूरपश्चिममा ८५४ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण