२४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु, २९३३ जना थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९८४ पुगेको छ । यसैगरी आज देशभर २९ सय ३३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
आज ३१ सय ५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा