विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणबाट १२ लाख ५ हजार २०६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यसैगरी हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ६८ लाख १० हजार ३७५ पुगिसकेको जनाइएको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या ९४ लाख ७३ हजार ९११ पुगेको छ । उता कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३६ हजार ४७१ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। भारतमा अहिलेसम्म ८२ लाख २९ हजार ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख २२ हजार ६४२ जनाले ज्यान गुमाएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९६० जनाको मृत्यु भएको छ । यसैगरी १ लाख ७३ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यी मध्ये १ लाख ३४ हजार ८४२ जना संक्रमणमुक्त भइसकेका छन्। हाल नेपालमा ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा