थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि, २२६४ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ सय ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हालसम्म १ लाख ३४ हजार ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा