टेकु अस्पतालमा सिकिस्त कोरोना संक्रमितको एक दिनको उपचार खर्च १५ हजार
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा कोरोनाको सिकिस्त बिरामीको एक दिनको खर्च १५ हजार रुपैयाँ लाग्ने भएको छ ।
अस्पतालले सर्वसाधारणका लागि विज्ञप्ति जारी गर्दै बिरामीको अवस्था अनुसार लाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्तिक ३ गतेको पत्र अनुसार यही १४ गते लागू हुने गरी अस्पताललमा संक्रमितको अवस्था अनुसार उपचार खर्च तय गरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।
अस्पतालले सार्वजनिक गरेको उपचार शुल्क विवरण अनुसार अस्पतालमा भेन्टिलेटरसहितको आईसीयूमा उपचार गर्नुपर्ने कोभिड १९ का संक्रमितले दैनिक १५ हजार रकम उपचार खर्च तिर्नुपर्नेछ। त्यसैगरी शुरुमै ५० हजार धरौटी रकम तोकिएको छ। यसैगरी आइसीयू मात्र चाहिने र भेन्टिलेटरको प्रयोग गर्न नपर्ने संक्रमितको लागि भने दैनिक ७ हजार ५ सय रुपैयाँ र ३० हजार धरौटी रकम जम्मा गर्नुपर्नेछ । यसैगरी मध्यम जटिल प्रकारका क्याबिन आइसोलेसनमा बस्ने संक्रमितका लागि पनि ७ हजार ५ सय र ३० हजार रुपैयाँ धरौटी तोकिएको छ ।
मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा बस्दा भने दैनिक ३ हजार ५ सय र २० हजार धरौटी रकम तिर्नपर्ने छ।
यसअघि टेकु अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुँदै आएको थियो ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य