१ लाख ६८ हजार २३५ संक्रमितमध्ये १ लाख २८ हजार ९५८ जनाले जिते कोरोना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबार ४ बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । यी मध्ये १ लाख २८ हजार ९५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भएकामध्ये निको हुने दर ७६ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म कोरोना संक्रमण भएर ९२० जनाले ज्यान गुमाएका छन् भने कोरोनाको आशंकामा २ हजार ६६६ जना क्वारेन्टाइनमा रहेका छन्।
यसैगरी हाल देशभर ३८ हजार ३५७ जना संक्रमित संक्रमित आइसोलेसनमा रहेका छन्। कोरानना संक्रमणबाट मृत्यु भएकामध्ये नेपालमा मृत्युदर जम्मा शून्य दशमलब ६ प्रतिशत रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा