थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ९६ जना डिस्चार्ज
२४ घण्टामा थप १६ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबार थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । यसैगरी गत २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ९२० जनाको मृत्यु भएको छ ।
हाल देशभर ३८ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन्। २६ सय ६६ जना कोरोनाको आशंकामा क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा