पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं ५ निवासी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
कार्तिक ९ गते कोरोना संक्रमण भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको आइसीयूमा राखेर उपचार भइहरेको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा