Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पत्रकारका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी तालिम

पत्रकारका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी तालिम

हेल्थ टिभी अनलाइन \काठमाडौं : मिडिया एक्सन नेपालले स्वास्थ्य विधामा कलम चलाइरहेका पत्रकारका लागि दुई दिने तालिमको आयोजना गरेको छ । आड्रा नेपालसँगको सहकार्यमा आयोजना भएको तालिम आजबाट शुरु भएको हो ।

कोरोना महामारीका कारण भर्चुअल रुपमा गरिएको तालिममा ४० जना पत्रकारहरु सहभागी हुँदैछन्। यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा केन्द्रित रहेर गर्न लागिएको तालिममा ४ समूह हुने र प्रत्येक समूहमा १० \१० जना सहभागी रहने आयोजक संस्था मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए ।

यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विविध पक्षकाबारेमा तालिममा छलफल हुनेछ । बिहिबार कार्यक्रमममा मिडवाइफ्री सोसाइटीकी अध्यक्ष डा लक्ष्मी तामाङ, आड्रा नेपालकी किशोरकिशोरी तथा प्रजनन स्वास्थ्य विज्ञ राधिका घिमिरे र मिडिया एक्सन नेपालका अध्यक्ष एवं सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले प्रस्तुती दिएका थिए ।

छलफलका क्रममा डा तामाङले यौन तथा प्रजनन स्वास्थ्यका विषय महिलाको विषय मात्र नभएर समग्र राष्ट्रको विकाससँग जोडिने जिकीर गरिन्। उनले अझै पनि काठमाडौं वरपरका स्वास्थ्य संस्थामा नै यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रयाप्त मात्रामा नभएको बताईन्। उनले पत्रकारले प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा पोजेटिभ अभ्यासहरु पनि बाहिर ल्याएर अरुलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिइन्।

यसैगरी मिडिया एक्सन नेपालका अध्यक्ष पन्तले यही तालिमका लागि विषयवस्तु तयार गर्ने क्रममा तीन महिनासम्म यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विषयवस्तु  मिडियामा कसरी आएका छन भनेर अध्ययन गरेको बताए । उनले यसको सार्वजनिक तालिमको अन्तिम दिन गरिने पनि जानकारी दिए । उनले पत्रकारहरुले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा रिपोर्टिङ गर्दा अझ बढी संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

तालिममा सहभागीमध्ये १५ जना पत्रकारहरुले विशेष फेलोसिप समेत पाउने छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि