पोखरामा ३६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं १३ की ३६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको बुधबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार यसरी कोरोना संक्रमण पुष्टि भएर सो अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० पुगेको छ । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार बुधबारसम्म ८८७ जनाको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा