२८१ जना सिकिस्त संक्रमितको आइसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा बुधबारसम्म २८१ जना सिकिस्त कोरोना संक्रमित देशभरका आइसीयूमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा अस्पतालका आइसीयूमा २८१ जना कोरोना संक्रमित उपचाररत रहेका छन। यसैगरी ७१ जना सिकिस्त कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३० जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा ९ जना आइसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्। उता बाग्मती प्रदेशमा सबैभन्दा धेरै १७८ जना आइसीयूमा उपचाररत छन्। भेन्टिलेटरमा पनि ५३ जनाको उपचार भइरहेको जनाइएको छ । यसैगरी गण्डकी प्रदेशमा १३ जना संक्रमित आइसीयूमा रहेका छन् भने १ जना मात्र भेन्टिलेटरमा उपचाररत छन्।
लुम्बिनी र कर्णाली प्रदेशमा भने भेन्टिलेटरमा संक्रमित छैनन् । आइसीयूमा क्रमस ४ र ५ जना उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त