बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) राम बहादुर कुरुम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै मंगलबार दिउँसो सामाजिक सन्जालमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘कोरोना विरुद्ध लड्दा लड्दै म आफै संक्रमित भएको छु । मसँग सम्पर्कमा रहनु हुनेले विशेष सावधानी अपनाउनु होला ।’
सिडियो राम बहादुर कोरोना महामारीमा सक्रियताका साथ आफै फिल्डमा उत्रिएर काम गरिरहेका देखिन्थे । उनले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा