केही दिनअघि कोरोना संक्रमणमुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन अघि मात्र कोरोना संक्रमण मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट गम्भीर बनेका उनको लामो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केही दिन अघि मात्र कोरोना रिपोर्ट नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । हिजो पुन स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएकोमा आज मंगलबार उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सिंह नेपाल स्वास्थयकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष समेत हुन्।
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै