दसैंको दिन थपिए १७४१ कोरोना संक्रमित, ४ हजार बढी डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ सय ४१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । यसैगरी आज थप ४ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख १५ हजार ६७५ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । आज मृत्यु भएकासँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै