२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८४७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ । देशभर आज थप २८ सय ५६ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५८ हजा। ८९ पुगेको छ ।
यी मध्ये १ लाख ११ हजार ६७० जना निको भएका छन भने ४५ हजार ५७२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। हाल देशभर ३ हजार ६४ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा