थप २८५६ जनामा कोरोना संक्रमण, ३३३६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी गत २४ घण्टामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३३३६ रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणमुक्त भएकाहरुसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ८४७ पुगेको छ । आजसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।
उनीहरुमध्ये आधा भन्दा बढी संक्रमित होम आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा