काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११ सय १० जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२ ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११ सय १० जना उपत्यकामा थपिएका हुन्। आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
यसैगरी गत २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २८ सय ४६ छ । योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जनाले कोरोना जितेका छन्। आज थप १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?