शनिबार थपिए २२२५ कोरोना संक्रमित, १३ जनाको मृत्यु

शनिबार थपिए २२२५ कोरोना संक्रमित, १३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ जना पुगेको छ ।

यसैगरी गत २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने १ लाख ८ हजार ३३४ जना संक्रमित कोरोना जितेर निको भएका छन्।  शनिबारसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ रहेको छ ।

थप समाचार