डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डा भट्टराईले सामाजिक संजालमार्फत आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।
उनले असोज ७ गते कोरोनाको आशंकामा परीक्षण गरेकोमा रिपोर्ट पोजेटिभ आएको बताएका छन्। कोरोना संक्रमण देखिए पनि खासै स्वास्थ्य समस्या नदेखिएकाले चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन्।
उनले आफनो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गर्दै केही लक्षण देखिएमा चिकित्सकको सल्लाह लिन समेत आग्रह गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण