थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८२९ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ सय ६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । यी मध्ये १ लाख ५ हजार ४८८ जना कोरोना जितेर डिस्चार्ज भइसकेको छन् भने हाल देशभर ४६ हजार ६९१जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा