आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा १७ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ । आज कोरोना जितेर २६६८ जना डिस्चार्ज भएका छन्। आज डिस्तार्ज भएकासँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४६ हजार ६९१जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी३ हजार५९० जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा