गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहानदेखि तीनवटा छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा गरी थप ४२ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ३०९ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा परीक्षण गर्दा उनीहरुका कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये अधिकांस कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद बिन्दुले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा