होम आइसोलेसनमा रहेका ५७ वर्षीय संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \चितवन : कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका थप एक जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका ७ का ५७ वर्षीय पुरुषको बिहिबार राती मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनमा सामान्य लक्षण देखिएकाले चिकित्सकले घरमै बस्न सल्लाह दिएको बताइएको छ । हिजो एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालले सिभियर कोभिड १९ र निमोनियाका कारण उनको मृत्यु भएको जनाएको छ ।
पछिल्लो समय होम आइसोलेसनमा रहेको संक्रमितको एक पछि अर्को गर्दै मृत्यु हुन थालेको छ । सामान्य लक्षण देखिंदा अस्पताल नजाने र कडा लक्षण देखिने बेलासम्म संक्रमितको फोक्सो लगायतका अंगमा धेरै नै क्षति पुगिसकेको हुने चिकित्सकहरुले बताएका छन्।
सरकारले सामान्य लक्षण देखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा