भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमणको महामारी शुरु भएदेखि नै प्रत्यक्ष रुपमा अग्रपंतिमा खटिएका डा अधिकारीमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले आफनो आधिकारीक फेसबुक पेजबाट जानकारी दिएको हो ।
डा अधिकारीमा आजै संक्रमण पुष्टि भएको हो । उनमा सामान्य लक्षण देखिएको र हाल होम आइसोलेसनमा रहेको पनि जनाइएको छ । त्यसो त यसअघिका भरतपुर अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट लगायत दर्जनौं डाक्टर तथा स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएर धेरै जना निको समेत भइसकेका छन्।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?