Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना उपचारमा खासै प्रभावकारी नदेखिएको रेम्डेसिभिरमा पनि कालोबजारी

कोरोना उपचारमा खासै प्रभावकारी नदेखिएको रेम्डेसिभिरमा पनि कालोबजारी

हेल्थ टिभी अनलाइन \काठमाडौं : सिकिस्त कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिरको प्रयोगले संक्रमितमा खासै फरक नपरेको भन्दै विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट नै निकालेको छ ।

तर पनि नेपालमा रेम्डेसिभिरको कालोबजारी भइरहेको पाइन्छ । बुधबार मात्रै सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमितका एक आफन्तले काठमाडौंका सबै अस्पताल र औषधि पसल चहार्दा पनि यो औषधि नपाएको गुनासो गरे । उनले भने, ‘जति पर्छ त्यति मै किन्छु भन्दा पनि पाइएन । उनलाई एक जना साथीले भने २५ हजार दिने भए मिलाउनसक्ने बताएको गुनासो समेत गरे । उनले त्यही पनि हुन्छ ल्याइदिनोस भनेको छु आज सम्म पनि पाएको छैन्।’ जबकी यसको मूल्य बढीमा ७ हजार पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनी त प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता धेरै संक्रमितको आफन्तले अन्तिम अस्त्रका रुपमा चलाइने रेम्डेसिभिर पाउन सकेका छैनन्। यस विषयमा टेकु अस्पतालमा सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन भन्छन, रेम्डेसिभिर संक्रमितलाई दिनु र नदिनुमा खासै फरक नपरेको रिपार्ट विश्व स्वास्थ्य संगठनले निकालिसकेको छ । यो अवस्थामा किन मरिहत्तै गरेर त्यही औषधि खोजिंदैछ । उनले यसले असर नगरेको कुरा हामीले भनेको हैन विश्वका धेरै वैज्ञानिकहरुले अध्ययन र अनुसन्धानपछि निकालेको निष्कर्ष हो । त्यसैले यसको प्रयोगले खासै फरक नपर्ने हुँदा पाइएन भने नआत्तिन सुझाव दिए । अझै बढी पैसामा किनेर त चलाउँदै नचलाउनुस्, उनले थपे ।

सरकारले रेम्डेसिभिर आयात र बिक्रि गर्नका लागि ३ वटा कम्पनीलाई अनुमति दिएको छ । तिनमा यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड, सिनर्जी प्रालि र हेटेरो ल्याब्स लिमिटेड छन्। उनीहरुले पनि प्रयाप्त मात्रामा यो औषधि ल्याउन सकिरहेका छैनन्।

कोरोना भाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको छ भने नेपालमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यसलाई क्लिनिकल ट्रायलको अनुमति दिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन