गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका १ की ६८ वर्षीया संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा बुधबार साँझ मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
यसैगरी गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा