३३ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
तनहुँ जिल्ला शुक्लगण्डकी घर भई हाल हेटौंडा बस्ने ३३ वर्षीया महिलाको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनी ३७ हप्ताकी गर्भवती थिइन्। असोज ३० गते श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल भर्ना भएकी उनमा कोरोनाको आशंकामा परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसीयूमा राखे उपचार भइरहेकोमा आज बिहीबार बिहान ६ :१५ बजे उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसभन्दा अघि पनि बारामा २४ वर्षीया गर्भवतीले कोरोना संक्रमणका कारण ज्यान गुमाएकी थिइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा