कोरोना निको नहुँदै ड्युटी गर्न बाध्य छन् संक्रमित नर्स
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणमा परेका नर्सलाई १४ दिन नपुग्दै ड्युटी गर्न जानुपर्ने बाध्यताका कारण मानसिक तनावमा रहेका छन्। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै र अन्यलाई १४ दिनमा डिस्चार्ज गर्ने मापदण्ड बनाएको छ । सोही बमोजिम संक्रमित नर्सहरुलाई पनि १० दिन पुगेपछि नै ड्युटीमा बोलाउँदा उनीहरुले मानसिक र शारीरिक तनाव हुने गरेको गुनासो गरेका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत एक संक्रमित नर्स भन्छिन्, ‘म संक्रमणमा परेको आज बल्ल १४ दिन पुग्दैछ । मलाई कोरोना संक्रमणपछि कडा खालको लक्षण देखिएकाले निकै गाह्रो भइरहेको छ, लगातार पखाला लागेकाले निकै कमजोर महशुस गरिरहेकी छु । तर मलाई १० दिनदेखि नै ड्युटीमा बोलाइयो । यसले एक त शारीरिक रुपमा शिथिल भएको शरीर अनि फेरी घरमा अरुलाई पनि संक्रमण भएको तनाव यस्तो बेला कसरी काम गर्ने । उनले सरकारले यस्तो बेलामा हामीलाई कम्तीमा १४ दिन त आराम गर्न दिनुपर्ने गुनासो गरिन्। उनी त अस्पतालकी प्रतिनिधी पात्र मात्र हुुन् । उनी जस्तै अन्य संक्रमित नर्सहरुलाई पनि सोही नियम लागू भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालमा काम गर्ने अधिकांस नर्सलाई कोरोना संक्रमण भएको छ । कसैलाई कम लक्षण देखिएको छ भने कसैलाई निकै गाह्रो भइरहेको छ । तर पनि जति गाह्रो भए पनि ड्युटीमा आउनैपर्छ अर्की नर्सले भनिन्, मानवता भन्ने कुरा पनि हुन्छ नि उनले प्रश्न गरिन्।
कोरोना संक्रमितको संख्या कम हुँदा ७ दिन ड्युटी ७ दिन क्वारेन्टाइनमा राखिने गरेको भए पनि अहिले सरकारले मापदण्ड परिवर्तन गरेर कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई मात्र आइसोलेसनमा राख्ने भनेपछि त झनै गाह्रो भएको उनको गुनासो छ । कतिपय अवस्थामा त संक्रमितको उपचारका लागि संक्रमित नर्सहरुलाई ड्युटीमा खटाइएको छ ।
एक जना नर्सले दिनमा लगातार १२ घण्टा पीपीई लगाएर ड्युटी गर्दा त्यो पनि कोरोना भाइरसले शिथिल बनाएको शरीर लिएर कति गाह्रो होला कसैले बुझ्दैन । उनको गुनासो थियो । कोरोना संक्रमितसँग बढी समय बिताउने नर्सहरु नै हुने भएकाले उनीहरु बढी जोखिममा छन्। त्यसैले पनि हरेक अस्पतालमा नर्सहरु बढी संक्रमणमा परिरहेका छन्। संक्रमणमा परिन्छ भन्ने थाहा हुँदाहुँदै पनि हामी काम गरिरहेका छौं तर बिरामी पर्दा त आराम गर्न दिनुपर्यो नि उनीहरुको गुनासो छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण