नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकोे छ ।
चौधरीले आफूलाई स्वास्थ्यमा असहज भएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन्। उनले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनमा मंगलबार राती कोरोना पुष्टि भएको हो । चौधरीले हालसम्म आफ्नो स्वास्थ्यमा समस्या नआएको र चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा रहेको समेत जानकारी दिएका छन् । उनले विगत ५ दिन यता आफनो सम्पर्कमा आउने सबैलाई सचेतना अपनाउन र केही लक्षण देखिएमा चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा