२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७६५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको बताए । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये मृत्युदर शुन्य दशमलब ५५ प्रतिशत मात्र रहेको छ ।
हाल देशभर कुल कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । यी मध्ये ९६ हजार ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन भने ४१ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन । उनीहरु संस्थागत र होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा