काठमाडौं उपत्यकामा थपिए १७०२ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १७०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप १७ सय २ जनामा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १४३१ जना, भक्तपुरका १४८ जना र ललितपुरका १२३ जना रहेका छन्।
आज देशभर ३ हजार ९३ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै १७०२ जना थपिएका हुन्। पछिल्लो समय काठमाडौं उपत्यका ‘कोरोना हटस्पट’ बन्दै गइरहेको छ । हाल देशभर ४१ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा