थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २१०८ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५ रहेको जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा