अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन काठमाडौंवासीलाई जिल्ला प्रशासनको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अति आवश्यक नभई घरबाहिर ननिस्कन काठमाडौंवासीलाई आग्रह गरेको छ ।
काठमाडौं प्रशासनले सूचना जारी गर्दै कोरोना संक्रमण तिब्र रुपमा बढिरहेकाले यसबाट बच्न अत्यावश्यक नपरेसम्म दशैंंमा पनि बाहिर ननिस्कन आग्रह गरेको हो ।
सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘दिनहुँ बढिरहेका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमा छन्। चाडबाडमा चहलपहल बढ्ने र यसले कोरोना संक्रमण फैलिन सक्ने हुँदा सकेसम्म घरमै बसेर दशैं लगायतका चाडबाड मनाउन आग्रह गर्दछौं । बाहिर निस्कनै परेमा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरिन्छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालद्धारा जारी गरिएको सूचनामा कोरोना संक्रमण कम गर्न यसपटक व्यक्तिगत र सामूहिक सचेतना अपनाई जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन आग्रह गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा