Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क-कसले पाउँछ कोरोनाको नि:शुल्क उपचार ? जानीराखौँ

क-कसले पाउँछ कोरोनाको नि:शुल्क उपचार ? जानीराखौँ

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अबदेखि  कारोनाको परीक्षण र उपचार सबैका लागि नि:शुल्क नगर्ने निर्णय गरेको छ । आइतबार सरकारले यो निर्णय गरे लगत्तै सर्वसाधारणले यति ठूलो महामारीमा सरकारले हात उठायो भनेर आक्रोसित समेत भएका छन्।

यहीबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोभिड -१९ को निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयले जारी गरेको मापदण्डमा क- कसले नि:शुल्क उपचार पाउने भनेर उल्लेख गरिएको छ । सो अनुसार विपन्न, अशक्त, असहाय महिला, एकल महिला, जेष्ठ नागरिक लगायतले कोरोनाको नि:शुल्क उपचार हुने उल्लेख गरिएको छ ।

सरकारले गरेको यो निर्णयकाबारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सर्वसाधारणले कुरै नबुझी विरोध गरेको बताउँछन्। उनले भने, ‘हामीले सबैको उपचार गर्दैनौं भनेको हैन् सक्नेले आफै गर्नुस्, नसक्नेलाई हामी उपचार गछौं भनेको हो ।’

उनले सरकारको निती नै सक्नेबाट लिई नसक्नेलाई दिने नै हुन्छ यसमा विरोध गर्नुको तुक नरहेको बताए । सरकार पछि नहटेको भन्दै सरकारलाई भार कम होस भनेर यस्तो निती ल्याइएको जनाए ।

क कसले पाउँछ त नि:शुल्क उपचार ?
विपन्न नागरिक, अशक्त, असहाय, असहाय एकल महिला,अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक र अग्रपंतिमाा खटिने स्वास्थ्यकर्मी लगायतका कर्मचारीले नि:शुल्क परीक्षण र उपचार सेवा पाउनेछन्। यी माथि उल्लेखित समूहमा पर्ने व्यक्तिहरुले आफनो प्रमाणसहित आएमा कोरोना उपचार र परीक्षण नि: शुल्क हुनेछ । यदि प्रमाण नभएमा स्वयंले आफू यस समूहभित्र पर्ने घोषणा गर्न पनि सकिने मापदण्डमा उल्लेख छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि