‘कोरोना हटस्पट’ काठमाडौं उपत्यकामा एकैदिन थपिए २३८८ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय कोरोना हटस्पट बनेको काठमाडौं उपत्यकामा थप २३८८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार ८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय काठमाडौं उपत्यकामा ठूलो संख्यामा संक्रमित पुष्टि हुँदै आइरहेको छ । घनाबस्ती भएका शहरहरुमध्ये काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको मन्त्रालयले बताउँदै आएको छ ।
आज देशभर ३७९० जना संक्रमित थपिंदा आधा भन्दा बढी संक्रमित उपत्यकाका रहेका छन्। यसैगरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतककको संख्या ७५७ पुगेको छ । हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन्। क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० रहेको छ । हालसम्म ९४ हजार ५०१ जनाले कोरोना जितेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा