पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३७९० जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप २३३५ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९४ हजार ५०१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको संख्या मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा