Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरबारे जनचेतना जगाउन दीप प्रज्वलन

क्यान्सरबारे जनचेतना जगाउन दीप प्रज्वलन

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबारे जनचेतना जगाउन आइतबार साँझ मैनबत्ती प्रज्वलन गरिएको छ । अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने क्रममा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन गरिएको हो । साथै सोही कार्यक्रम भर्चुअल रुपमा पनि गरिएको थियो । त्यसमा जो जहाँ छ त्यहीबाट मैनबत्ती बालेर सहभागिता जनाएका थिए ।

नेपाल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर सपोर्ट ग्रुप, उपचारका लागि सहयोगी हातहरु तथा ऋचा बजिमय मेमोरियल फ़ाउण्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले सामाजिक दुरी कायम गरी मैनबत्ती प्रज्वलन कार्यक्रम गर्दै क्यान्सरबाट मृत्यु भएकाहरुको सम्झना गरेका थिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सर रोग शुरुमै उपचार गर्दा निको हुने भन्दै अझै पनि सर्वसाधारणमा यसबारे जनचेतना पुराउन जरुरी रहेको बताए । उनले कोरोना महामारीका बेला पनि अस्पतालले सबै सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्दै दिइरहेको जानकारी दिए । उनले कोरोनासँग डराएर भन्दा पनि कसरी बच्ने भन्ने थाहा पाएर अघि बढ्नुपर्ने बताए ।

दीप प्रज्वलन गर्दै अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा कपेन्द्र शेखर अमात्य र प्रफुल्ल शाक्यले स्तन क्यान्सर धेरै जसो आफैले पत्ता लगाउन सकिने हुँदा महिलाहरु अलि चनाखो भएर स्तनमा स साना गिर्खा देखिएमा तुरुन्त डाक्टरलाई देखाउनुपर्ने बताए। स्तन क्यान्सर शुरुमै पत्ता लाग्दा पूर्ण रुपमा निको हुने पनि उनीहरुले जनाएका थिए ।

अस्पतालकी निर्देशक एवं दीप प्रज्वलन कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरबारे सचेतना जगाउन र स्तन क्यान्सरबाट मृत्यु भएकाहरुको सम्झना एवं उपचार गराइरहेकाको हौसला बढाउन दीप प्रज्वलन कार्यक्रम गरिएको बताइन्। क्यान्सर सर्भाइभरहरुले आ आफनो घरमा दीप प्रज्वलन गर्दै भर्चुअल छलफलमा जोडिएका थिए ।

क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर अस्पतालले प्रत्येक महिना क्यान्सरबारे जनचेतना जगाउन सर्भाइभर मिट लगायत विविध कार्यक्रम गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि