कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले दशैंमा पनि पाएनन् जोखिम भत्ता
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीले दशैंमा पनि जोखिम भत्ता पाएका छैनन्।
७ महिनादेखि दिनरात नभनी काम गरिरहेका उनीहरुले दशैंमा त भत्ता पाउने आश गरेका थिए । तर अहिलेसम्म कुनै सुरसार नै छैन्। आइतबार मुलुकको जेठो वीर अस्पतालका कार्यरत स्वास्थ्यकर्मी एवं कर्मचारीले भत्ता नदिएको भन्दै आन्दोलन समेत गरे । उनीहरुले अस्पतालका निर्देशक डा केदार सेन्चुरीको कार्यकक्षमा ताला समेत लगाएका थिए ।
अस्पतलका कर्मचारी भन्छन्, कोरोना महामारीमा ज्यान जोखिममा राखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ७ महिनासमम न त जोखिम भत्ता छ ? न त ओभरटाइमको थप रकम ? कसरी काम गर्ने जाँगर आउँछ । उनले भने, ‘सरकारसँग नभएर नदिएको भनेर चित्त बुझाउने ठाउँ पनि छैन् यहाँ । सांसद मन्त्रीहरुलाई दशैं भत्ता दिने पैसा हुने अनि स्वास्थ्यकर्मी जो दिनरात नभनी आफू र आफनो परिवार नै जोखिममा राखेर उपचारमा खटिएका छन् उनीहरुलाई दिने चाहिं नहुने ?’
सरकारले चैतमै कोरोना उपचार तथा निदानमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर ७ महिना बितिसक्दा पनि अधिंकांस अस्पतालका स्वास्थ्यकर्मीले भत्ता त के ओभरटाइमको पैसा पनि पाएका छैनन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण