स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्नु
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै अस्पताललाई निर्देशन दिंदै लक्षण नदेखिएका संक्रमितलाई १० दिनमै अस्पतालबाट डिस्चार्ज दिने निर्णय भएकाले सोही बमोजिम गर्नुपर्ने बताएका हुन्। उनले तीन दिनदेखि कोरोनाको कुनै लक्षण नदेखिएमा संक्रमितलाई एक साता घरमै आइसोलेसनमा बस्ने गरी डिस्चार्ज दिन आग्रह गरे ।
शुरुमा सरकारले दुईपटकसम्म पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने गरेको थियो । बिचमा अर्को निर्णय गर्दै १४ दिनमा पीसीआर परीक्षण नै नगरी डिस्चार्ज गर्ने निर्णय गर्यो र अहिले आएर पुन: समय घटाएर १० दिनमै संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने मापदण्ड बनाएको हो ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएकाले बेड अभाव हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा