Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘सबै खालका प्रकोप तथा महामारीमा महिला नै बढी मारमा’

‘सबै खालका प्रकोप तथा महामारीमा महिला नै बढी मारमा’

कल्पना आचार्य \काठमाडौं : विज्ञहरुले हरेक खालका प्रकोपमा महिला तथा किशोरी नै बढी मारमा पर्ने गरेको जनाएका छन्। ‘दशौं एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेस्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारको नवौँ सिरिजमा विज्ञहरुले यस्तो जनाएका हुन्।

छलफल कार्यक्रममा परिवार नियोजन २०२० सचिवालयकी सिनियर म्यानेजर चोङ होङले सबै खालका प्राकृतिक प्रकोप तथा अहिले देखिएको कोरोना महामारी जस्तै अन्य महामारीमा पनि महिला तथा किशोरीहरु बढी मारमा पर्ने गरेको बताइन्। उनले यस्तो बेला मानवीय संकट पर्ने भएकाले यी समूहलाई विशेष प्राथमिकतामा राखिनुपर्नेमा जोड दिइन्।

कोरोना महामारी भन्दा पहिले पनि विश्वमा १६८ मिलियन मानिसलाई मानवीय सहायताको जरुरी परेको देखिन्छ भने कोरोना महामारीले झनै यसको संख्या बढाएको छ उनले भनिन्। उनका अनुसार महामारीका बेला बाँच्नु नै ठूलो कुरा हुन जान्छ त्यसैले महिला तथा किशोरीका प्रजनन स्वास्थ्यसँग जोडिएका र नियमित हुने रजस्वला, शारीरिक सम्बन्ध, बच्चा जन्माउने जस्ता विषय गौण हुन जाने र यसले उनीहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र नभई परिवार- समाजमै समस्या ल्याउने देखिएको छ । कतिपय अवस्थामा उनीहरुको ज्यानै जोखिममा परेको पनि उनले जानकारी दिइन्। यो बेला उनीहरुको अवस्थालाई पनि वेवास्ता गरिनु नहुने उनको भनाई छ । याे बेला मानवीय सहायताका लागि सबैले हातेमालो गर्नुपर्छ, उनले भनिन्।

कार्यक्रममा एसिया प्यासिफिक रिजनल अफिस यूएनएफपीएकी क्षेत्रीय हियुमेनिटारियन एडभाइजर टोमोको फुकुदाले चाहे त्यो भुकम्प होस वा ग्लोबल वार्मिङ वा रोगको महामारी नै किन नहोस । यसको असर सबैभन्दा बढी महिला, किशोरी, बालिबालिका तथा अपांगहरुमा पर्ने गरेको बताइन्। एसिया प्यासिफक रिजन विभिन्न खालका प्रकोपको लागि ४ गुणा बढी जोखिममा देखिएको उनको भनाई छ । सन् २०१८ को एउटा अध्ययन अनुसार २८१ वटा प्राकृतिक प्रकोपमध्ये ५० प्रतिशत प्रकोप एसिया प्यासिफिक रिजनमा भएको उनले जानकारी दिइन्। उनले सामान्य अवस्थामा पनि महिला तथा किशोरीको प्रजनन सम्बन्धी समस्या बढी भइरहेको हुने हुँदा यो कठिन स्थितिमा बास गास र कपासकै समस्या भएका बेला अझ बढी यी सेवा प्रभावित हुने र मातृ तथा नवजात शिशुको मृत्युमा वृद्धि हुने उनको भनाई छ ।

उनका अनुसार ५० प्रतिशत मातृ मृत्यु र ४५ प्रतिशत नवजात शिशुको मृत्यु यस्तै क्रिटिकल अवस्थाका कारण हुने गरेको छ। एक तथ्यांक अनुसार विश्वमा प्रत्येक दिन ५ सय महिला तथा किशोरीको गर्भवती सम्बन्धी समस्या र बच्चा जन्माउने बेलामा देखिने जटिलताका कारण मृत्यु हुने गरेको छ । जुन मृत्युलाई सही समयमा र सही स्वास्थ्य संस्थामा लगेर सेवा दिंदा बचाउन सकिने उनको भनाई छ ।

कोरोना महामारीले महिला तथा किशोरीलाई प्रजनन स्वास्थ्यको सेवामा पहुँचमा समस्या गराएकाले यसले भविष्यमा अनिच्छित गर्भ रहने, असुरक्षित गर्भपतन हुनसक्ने र त्यसले महिलाको ज्यान नै जोखिममा हुनसक्ने समस्या बढाउँदै लगेकाले सबैले यसबारे सोच्न पर्नेमा उनले जोड दिइन्। कार्यक्रममा अन्य विज्ञहरुले पनि महामारीका बेला प्रजनन स्वास्थ्य, परिवार योजना, प्रसुती, सुरक्षित गर्भपतन जस्ता सेवालाई बेवास्ता गर्न नहुनेमा जोडि दिएका थिए ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि