काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण देखिएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १४५१ जना, भक्तपुरका १४३ जना र ललितपुरका १५२ जना रहेका छन्।
आज देशभर ३१६७ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रयोगशालामा गरी १५ हजार ४३८ जनाको पीसीआर परक्षिण गरिएको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा